पाँचखालको ह्वाइट पार्क रिसोर्टमा प्रहरी छापा, ३६ चिनियाँ नागरिक नियन्त्रणमा


२०८३ मङ्सिर १ मंगलबार १७:११ बजे

काभ्रेपलाञ्चोक : पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट केही थान ल्यापटप र मोबाइल पनि बरामद गरिएको छ ।

चिनियाँ नागरिकको शंकास्पद गतिविधिबारे गुनासो आएपछि जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त टोलीले रिसोर्टमा छापा मारेको हो । नियन्त्रणमा लिइएकामध्ये ३१ पुरुष र पाँच महिला छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार रिसोर्टका दुई कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बोलाइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । पाँचखालबाहेक धुलिखेल, पनौती र बल्थलीका केही रिसोर्टमा पनि चिनियाँ नागरिक मासिक ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७