हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : देशका हिमाली तथा पहाडी क्षेत्रमा मंगलबार आंशिक बदली हुने भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
.gif)

.png)




