तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित


२०८३ कार्तिक २३ सोमबार १७:५१ बजे
फाइल फोटो

काठमाडौं : पछिल्लो तीन महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासित भएका छन् । 

गृह मन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक प्रगति विवरणअनुसार साउनदेखि असोजसम्म ती विदेशी नागरिक निष्कासनमा परेका हुन् ।

मन्त्रालयको विवरणअनुसार साउन महिनामा ५२ जना विदेशी नागरिक निष्कासित भएका थिए। 

भदौमा यो संख्या बढेर ५९ पुगेको थियो भने असोजमा ६४ जना निष्कासनमा परेका छन् । तीन महिनाको अवधिमा असोजमा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासित भएका हुन् ।

गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखाअन्तर्गतको कार्यप्रगति विवरणमा निष्कासनसम्बन्धी तथ्यांक समेटिएको छ । 

तर, ती विदेशी नागरिकलाई के–कस्ता कारणले निष्कासन गरिएको हो भन्ने विषयमा मन्त्रालयले विस्तृत जानकारी दिएको छैन ।

सरकारी कार्यालयहरूले आफ्नो कामकारबाही पारदर्शी बनाउन प्रत्येक तीन महिनामा प्रगति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । 

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ अनुसार सार्वजनिक निकायले त्रैमासिक रूपमा सूचना अद्यावधिक गरी प्रकाशन गर्नुपर्छ ।

ऐनको दफा ५ को उपदफा ३ मा सार्वजनिक निकायले आफ्नो स्थापना र विकासको समयलाई विचार गरी कम्तीमा प्रत्येक तीन महिनामा सूचना अद्यावधिक गरेर प्रकाशन गर्नुपर्ने व्यवस्था छ । 

यही कानुनी प्रावधानअनुसार गृह मन्त्रालयले पनि पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७