बिहीबार र शुक्रबार सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिने
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी तथा मेडालियन बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका लक्ष्मी तथा गणेश अङ्कित चाँदीका मेडालियन एक–एक थान गरी बढीमा दुई थान खरिद गर्न सक्नेछन् ।
खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ । मूल्य निर्धारण भएपछि मात्र बिक्री सुरु गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
.gif)

.png)




