घोप्टेभीरको पहिरो हटाएपछि मलेखु–मुग्लिङ सडक पुनः सञ्चालनमा
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डमा खसेको सुक्खा पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको छ ।
घोप्टेभीरमा गएराति करिब ११ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार पहिरो हटाएसँगै सडकमा यातायात सञ्चालन गरिएको छ ।
राति नै पहिरो खसेपछि राजमार्गमा यात्रा गरिरहेका यात्रुहरू अलपत्र परेका थिए ।
यसअघि सोमबार पनि सोही सडकखण्डमा पहिरो खसेको थियो । उक्त पहिरो हटाउन करिब ९ घण्टा लागेको थियो ।
.gif)

.png)




