नेपाल प्रहरीमा २१९४ र सशस्त्र प्रहरीमा १७७४ दरबन्दी थप्ने तयारी


२०८३ कार्तिक २३ सोमबार २२:११ बजे

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा गरी कुल ३ हजार ९६८ दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रिपरिषद्को पूर्वस्वीकृतिमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिसका आधारमा दुवै सुरक्षा निकायमा दरबन्दी थप गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको प्रगति विवरणअनुसार नेपाल प्रहरीमा २ हजार १९४ दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको छ । प्रस्तावित दरबन्दीमध्ये जनपदतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० रहेका छन् ।

उक्त प्रस्तावमा सहमतिका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिसअनुसार १ हजार ७७४ दरबन्दी थप गर्ने प्रस्ताव पनि अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको छ ।

हाल नेपाल प्रहरीमा ७९ हजार ५४१ र सशस्त्र प्रहरी बल नेपालमा ३७ हजार १५३ गरी कुल १ लाख १६ हजार ६९४ स्वीकृत दरबन्दी छन् ।

गृह मन्त्रालयले अघि बढाएको प्रस्ताव स्वीकृत भएमा दुवै सुरक्षा निकायमा गरी ३ हजार ९६८ दरबन्दी थपिनेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७