यु–१९ एसिया कपका लागि नेपालको टोली घोषणा


२०८३ कार्तिक ९ आइतबार ००:४६ बजे

काठमाडौँ :  आगामी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपालले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रारम्भिक टोली सार्वजनिक गरेको हो। प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुनेछ।

बन्द प्रशिक्षणमा खेलाडीहरूको प्रदर्शन, क्षमता र खेल कौशलका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ। प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं छन्।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाहीले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।

बन्द प्रशिक्षणपछि छनोट हुने अन्तिम टोलीले यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गर्नेछ। प्रतियोगितालाई लक्षित गर्दै युवा खेलाडीले पोखरामा अभ्यास तथा तयारी गर्नेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७