सुन तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो


२०८३ कार्तिक ९ आइतबार १२:१६ बजे

काठमाडौं : बडादसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि गत कात्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला चार हजार १८५ रुपैयाँ कायम भएको थियो।

यससँगै दसैँअघि र दसैँपछिको मूल्य तुलना गर्दा सुन प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी २३० रुपैयाँले सस्तिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७