काठमाडौं अर्थात् जासुसहरूको गुँड (पोडकाष्ट)
काठमाडौंको परिचय पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ र हिमालको प्रवेशद्वारमा मात्र सीमित छैन। यो यस्तो राजधानी पनि हो, जहाँ भारत र चीनका रणनीतिक स्वार्थ जोडिन्छन्, तिब्बतको प्रश्नले अन्तर्राष्ट्रिय राजनीतिलाई प्रभावित गर्छ र विश्वका शक्तिराष्ट्रले नेपालको राजनीतिक दिशा, सुरक्षा तथा कूटनीतिक गतिविधिलाई नजिकबाट नियाल्छन्।
त्यसैले काठमाडौंलाई कहिलेकाहीँ ‘जासुसहरूको सहर’ वा ‘जासुसहरूको गुँड’ भनेर चित्रण गरिन्छ। बेलायती पत्रकार थोमस बेलले पनि काठमाडौंलाई जासुसहरूको गुँडका रूपमा व्याख्या गरेका छन्। तर के साँच्चै काठमाडौं विदेशी जासुसहरूको अखडा हो ? नेपालमा कुन–कुन देशका गुप्तचर सक्रिय छन् ? उनीहरूको चासो नेपालमा मात्र सीमित छ कि तिब्बत, भारत–चीन सम्बन्ध र क्षेत्रीय शक्ति सन्तुलनसँग पनि जोडिएको छ ?
अझ महत्त्वपूर्ण प्रश्न—विदेशी गुप्तचर गतिविधि पहिचान गर्न नेपालको आफ्नै गुप्तचर संयन्त्र कति सक्षम छ ? हाम्रो राष्ट्रिय सुरक्षा कति सुरक्षित छ ? विगत एक दशकदेखि नेपालको सुरक्षा र अपराधका विषयमा रिपोर्टिङ गर्दै आएका पत्रकार नारायण अधिकारीसँग यिनै प्रश्नको खोजी गरेका छौँ।
.gif)

.png)



