जर्मनी र दुबई बसेर फर्किएका विराटनगरका रेस्टुरेन्ट सञ्चालक जङ्गलमा मृत फेला
विराटनगर : वैदेशिक रोजगारीबाट फर्किएर विराटनगरमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्।
विराटनगर महानगरपालिका–३ निवासी खत्री शनिबार अपराह्न जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
खत्रीले जर्मनीमा ६ वर्ष र दुबईमा दुई वर्ष बिताएका थिए। विदेशबाट फर्किएपछि उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर’ नामका रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार घटनास्थलमा साँचोको रिङ फेला परेको छ। खत्रिको मृत्युको कारण भने खुल्न सकेको छैन।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)

.png)



