कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबुसहित तीन जना निर्वाचित


२०८३ असोज ३० शुक्रबार ०८:३७ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनले अत्यधिक मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

३५ वर्षमुनिको युवा समूहबाट गण्डकी प्रदेशमा सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सोही उमेर समूहको महिलातर्फ डा. कला पन्त निर्वाचित भएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गण्डकी प्रदेशले खुला, महिला तथा युवा समूहमा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व पाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७