कांग्रेस सभापति गगन थापाको शपथ शनिबार


२०८३ असोज ३० शुक्रबार १४:५१ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले भोलि शपथ लिने भएका छन्। 

थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिने कार्यक्रम तय भएको हो। सभापति पदको निर्वाचनमा थापाले श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका थिए। 

थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए।

थापाको शपथग्रहण भोलि हुने भए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण गराउने कार्यक्रम भने दसैँपछि गर्ने तय भएको छ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहणपछि कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठक बस्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७