एमालेविरुद्धको घेराबन्दी अझै जारी छ : ओली
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नजिकिँदै गर्दा पनि आफ्नो पार्टीविरुद्धको घेराबन्दी जारी रहेको दाबी गरेका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै ओलीले विगतमा पटक–पटक एमालेलाई घेराबन्दी गर्ने प्रयास भएको उल्लेख गर्दै अहिले पनि त्यस्तो अवस्था कायम रहेको बताए।
उनले लोकतन्त्र, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको भन्दै तिनको पुनःस्थापना आवश्यक रहेको बताए।
राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनको भनाइ थियो। ओलीले पार्टीलाई सशक्त रूपमा अघि बढाउन आन्तरिक विरोध र असहमतिमा अल्झिन नहुने धारणा राखे।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यसहित सत्य, समानता र मानवताको बाटोमा अघि बढ्नुपर्ने भन्दै उनले सानातिना विषयमा अल्झिन नहुने बताए।
.gif)

.png)



