२४ गते देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन् : केपी शर्मा ओली


२०८२ पौष २३ बुधबार १६:१० बजे

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गर्नेहरू देशद्रोही भएको आरोप लगाएका छन् ।

बुधबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले आगजनी गर्नेहरूलाई देशद्रोही भनेका हुन् । अध्यक्ष ओलीले भने, 'भदौ २४ को घटना तत्कालीन घटनाक्रमको उपज होइन, आठ-दश वर्षदेखिको तयारी हो।'

उनले थपे, 'देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, आन्दोलनकारी होइन। मैले जेनजीलाई भनेको होइन। उनीहरूले जलाएका होइनन्।' जेनजी आन्दोलनमा घुसपैठ गरेर आगजनी र तोडफोड गरिएको उनको भनाइ थियो।

उनले भने, 'आत्मा किनिएका, आत्मा बेचिएका तत्वले देश जलाएका छन्।' त्यो दिन खोजी-खोजी आगजनी गरिएको भन्दै उनले संलग्न व्यक्ति साधारण नभएको बताए। अध्यक्ष ओलीले भने, 'खोजी खोजी त्यो ठाउँ जलाएको छ, जहाँ खास मान्छेका फाइल थिए । ट्रेन्ड मान्छे गएको छ।'

उक्त घटना बिर्सन नसकिने रहेको उनले बताए । अब त्यसबाट अघि बढेर देश बनाउनुपर्ने आवश्यकता रहेको ओलीको भनाइ थियो। उनले देश निर्माणको नेतृत्व एमालेले गर्ने दाबी गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७