प्रहरी निरीक्षक तालिममा चोपबहादुर डेंगा दुई विधामा प्रथम


२०८३ असोज २६ सोमबार १८:३५ बजे

काठमाडौं : प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहमा प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर डेंगा दुई विधामा प्रथम भएका छन्।

गुल्मीका डेंगा कवाज र अध्ययन विधामा सर्वप्रथम हुँदै उत्कृष्ट प्रशिक्षार्थीका रूपमा पुरस्कृत भएका हुन्। सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले डेंगालाई पुरस्कार प्रदान गरेका थिए।

तालिमअन्तर्गत शारीरिक क्षमता तथा आत्मबल विधामा गोपालबहादुर राई प्रथम भएका छन्। युक्ति कारबाहीमा राजकुमार जिटी र चाँदमारीमा विकासकुमार धामी प्रथम भएका छन्। तालिमको समग्र नतिजामा बालकृष्ण पोखरेल दोस्रो र विशाल पौडेल तेस्रो भएका छन्।

प्रहरी निरीक्षक आधारभूत तालिममा प्रशिक्षार्थीको अनुशासन, शारीरिक दक्षता, अध्ययन र व्यावसायिक सीपको मूल्याङ्कन गरिन्छ। तालिम पूरा गरेका प्रहरी निरीक्षक अब व्यावसायिक प्रहरी सेवामा परिचालित हुनेछन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७