कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै, कसले कति पाए ?


२०८३ असोज २६ सोमबार १८:०९ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ ३ हजार २८८ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्।

खतिवडाले १ हजार ४३९ मत प्राप्त गरेका छन् भने अजयबाबु सिवाकोटी १ हजार ४६ मतसहित दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ८२९ मत पाएका छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ७१०, विकास कोइरालाले ५५८, राजीव ढुंगानाले ५०१, रमेशप्रसाद धमलाले ३९४, अमृतकुमार अर्यालले ३५० र विमलराज क्षेत्रीले १३७ मत प्राप्त गरेका छन्।

सहमहामन्त्री खुलातर्फ नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। यस पदमा दुई जना निर्वाचित हुनेछन्।

यस्तो छ हालसम्म प्राप्त मतपरिणामः

१. रामहरि खतिवडा - १,४३९

२. अजयबाबु सिवाकोटी - १,०४६

३. डिल्लीराम सुवेदी - ८२९

४. देवेन्द्रराज कँडेल - ७१०

५. विकास कोइराला - ५५८

६. राजीव ढुंगाना - ५०१

७. रमेशप्रसाद धमला - ३९४

८. अमृतकुमार अर्याल - ३५०

९. विमलराज क्षेत्री - १३७

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७