कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता, दोस्रोमा अजयबाबु सिवाकोटी


२०८३ असोज २६ सोमबार १२:४२ बजे

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक ९५५ मत प्राप्त गरेका छन्। 

उपलब्ध मतपरिणामअनुसार अजय सिवाकोटी ६९२ मतसहित दोस्रो स्थानमा छन्। सहमहामन्त्री खुलातर्फको मतपरिणाममा डिल्लीराज सुवेदीले ५१९ मत प्राप्त गरेका छन्। 

त्यस्तै, देवेन्द्रराज कँडेलले ४१८ र विकास कोइरालाले ३४९ मत पाएका छन्। यसैगरी रमेशप्रसाद धमलाले २४७, अमृतकुमार अर्यालले २०९, राजीव ढुंगानाले २०३ र विमलराज क्षेत्रीले ७७ मत प्राप्त गरेका छन्।

उपलब्ध विवरणअनुसार खतिवडा अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्। सिवाकोटी दोस्रो र सुवेदी तेस्रो स्थानमा छन्।

सहमहामन्त्री खुलातर्फको हालसम्मको मतपरिणाः

१. रामहरि खतिवडा — ९५५
२. अजय सिवाकोटी — ६९२
३. डिल्लीराज सुवेदी — ५१९
४. देवेन्द्रराज कँडेल — ४१८
५. विकास कोइराला — ३४९
६. रमेशप्रसाद धमला — २४७
७. अमृतकुमार अर्याल — २०९
८. राजीव ढुंगाना — २०३
९. विमलराज क्षेत्री — ७७

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७