पर्यटकीय गन्तव्यमा दसैँको लिङ्गे पिङ बनाइने


२०८३ असोज २० मंगलबार १७:२३ बजे

काठमाडौं : नेपाल पर्यटन बोर्डले दसैँको मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै देशभरका विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ।

बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित विभिन्न पर्यटकीय क्षेत्रमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा पिङ निर्माण गर्न लागेको हो।

ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल तथा होटल व्यवसायी महासंघलगायतसँग सहकार्य गरेको बोर्डले जनाएको छ।

सम्झौताअनुसार पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा लिङ्गे पिङ निर्माण गरी दसैँ अवधिभर सञ्चालन गरिनेछ।

पिङ निर्माण तथा सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने व्यवस्था गरिएको छ।

दसैँ कार्यक्रम सम्पन्न भएपछि पिङ हटाएर निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने बोर्डले जनाएको छ।

बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै त्यसलाई पर्यटकीय गतिविधिसँग जोडेर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७