पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : देशका केही भूभागमा पश्चिमी वायु र केही क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज मौसममा बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।
कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। अन्य भूभागमा आंशिक बदली रहेको छ।
गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा तराईका भूभागमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा देशका पहाडी तथा तराई भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। अन्य भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।
मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
.gif)

.png)


