गगन थापाले महाधिवेशनमा पेस गरे ४६ पृष्ठको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


२०८३ असोज १९ सोमबार १४:१० बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

बन्दसत्रलाई सम्बोधन गर्दै थापाले प्रतिवेदनका मुख्य विषय प्रस्तुत गरिरहेका छन्। यसअघि केन्द्रीय कार्यसमितिको बैठकले उनको राजनीतिक प्रतिवेदन पारित गरेको थियो।

‘चार वर्षको नेतृत्व र आगामी कार्यदिशा’ शीर्षकमा प्रस्तुत प्रतिवेदनमा आगामी चार वर्षको नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक तथा संगठनात्मक जिम्मेवारीबारे प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षको नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधारका रूपमा पार्टीको आगामी कार्यदिशा प्रस्तुत गरिएको छ।

थापाले कांग्रेसको आगामी राजनीतिक यात्रालाई ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ को संकल्पसँग जोड्न खोजेका छन्। प्रतिवेदनमा यसलाई कांग्रेसको विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको राष्ट्रिय आकांक्षाबीचको सेतुका रूपमा व्याख्या गरिएको छ।

‘राष्ट्रिय पुनर्जागरण’ले पार्टी, राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनर्निर्माण तथा लोकतान्त्रिक सामर्थ्यलाई बलियो बनाउने विषयलाई समेट्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा नयाँ नेतृत्वले आगामी चार वर्षमा पार्टी सञ्चालनसँगै मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक दिशालाई समेत स्पष्ट दृष्टिकोणका साथ अघि बढाउनुपर्ने विषय समेटिएको छ।

हेर्नूहोस् राजनीतिक प्रतिवेदनको पूर्णपाठः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७