गगन थापाका गुरु श्यामकृष्णले दिए सभापतिमा उम्मेदवारी


२०८३ असोज २० मंगलबार १६:०३ बजे

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। उनले सभापतिका लागि गगन थापासँग प्रतिस्पर्धा गर्ने गरी मनोनयन दर्ता गराएका हुन्।

खड्गी र थापा यसपटक राजनीतिक प्रतिस्पर्धी बने पनि उनीहरूको सम्बन्ध शिक्षक–विद्यार्थीको समेत हो। खड्गी सिद्धार्थ वनस्थलीमा शिक्षक रहँदा थापा त्यहाँ विद्यार्थी थिए।

नेविसंघबाट राजनीति सुरु गरेका खड्गी चार दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि हुन्। खड्गी यसअघि कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिसमेत बनेका थिए।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै खड्गीले आफूलाई योग्य ठानेर उम्मेदवारी दिएको बताएका छन्। उनले लोकतन्त्र र विधिको शासनका पक्षमा लामो समयदेखि काम गर्दै आएको दाबी गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७