कांग्रेस महामन्त्रीमा डा. शर्माको उम्मेदवारी घोषणा
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग थप प्रत्यक्ष रूपमा जोड्न आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । उनले कांग्रेसलाई दूरदराजका नागरिकसम्म पुर्याउँदै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो उद्देश्य रहेको बताए ।
शर्माले लोकतन्त्र पुनर्स्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लविङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको दाबी गरे । उनले बदलिएको राजनीतिक परिवेशअनुसार कांग्रेसले संगठन, नेतृत्व र कार्यशैलीमा समेत नयाँ ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
.gif)

.png)


