ग्लोबल आइएमई बैंकको नाफा १६ प्रतिशत बढ्यो : १० प्रतिशत लाभांश पारित
काठमाडौं : ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो।
बैंकको २०औँ वार्षिक साधारणसभाले उक्त नाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश छ।
सभाले बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने जनाएको छ। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
सभाले वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
.gif)

.png)


