सरकार ५ वर्ष टिकाउनुस्, आफ्नै कारणले नढाल्नुस् : ध्रुवराज राई


२०८३ असोज १६ शुक्रबार १४:४० बजे

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारलाई पाँच वर्षसम्म टिकाउन र आफ्नै कारणले सरकार नढाल्न सत्तापक्षलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको   बैठकमा बोल्दै सांसद राईले संसद्को चालू अधिवेशन अन्त्य हुन लाग्दासमेत प्रतिपक्ष र जनताले उठाएका माग तथा प्रश्नको जवाफ प्रधानमन्त्रीबाट आउन नसकेको बताए।

उनले सरकारलाई प्रतिपक्षलाई समेटेर, सम्हालेर र सही ढङ्गले अघि बढाउन सुझाव दिँदै पाँच वर्षसम्म सरकार टिकाउन शुभकामना दिए।

सांसद राईले विगतका जनआन्दोलनका घटना तथा राजनीतिक दलका गतिविधिप्रति जनतामा देखिएको आक्रोशलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। भ्रष्टाचार नियन्त्रण गर्दै सत्ता जोगाएर अघि बढ्न सरकारलाई उनले सचेत समेत गराए।

जनप्रतिनिधिले संसद्मा उठाएका आवाज र जनताका अपेक्षालाई सरकारले उपेक्षा गर्न नहुने भन्दै राईले सभामुखको समेत ध्यानाकर्षण गराए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७