मन्त्रीका धम्कीपूर्ण अभिव्यक्ति रोक्न सरकारसँग सांसद मल्लको माग


२०८३ भदौ ३० मंगलबार १५:०६ बजे

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले सरकारका केही मन्त्रीले विपक्षी तथा सर्वसाधारणलाई तर्साउने, धम्क्याउने र गैरराजनीतिक अभिव्यक्ति दिने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले मन्त्रीहरूबाट भइरहेको त्यस्ता गतिविधिले राजनीतिक संस्कार कमजोर बनाउने भन्दै तत्काल रोक्न आग्रह गरेका हुन्।

उनले जलविद्युत् सुरुङमा भइरहेको खोजी तथा उद्धार कार्यको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरे। बेपत्ता तथा मृतकका आफन्त अन्तिम संस्कारका लागि डीएनए रिपोर्टको पर्खाइमा रहेकाले परीक्षण प्रक्रिया छिटो सम्पन्न गरी परिवारलाई आधिकारिक जानकारी गराउन उनले आग्रह गरे। प्रहरी संगठनले आफ्ना सुरक्षाकर्मीका लागि राहत घोषणा गरेजस्तै मृतक तथा बेपत्ता सर्वसाधारणका परिवारका लागि पनि सरकारले तत्काल राहत तथा पुनःस्थापना प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ।

सांसद मल्लले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्न, बालबालिकालाई लक्षित मनोपरामर्श तथा किशोरी सुरक्षा कार्यक्रम सञ्चालन गर्न र प्रभावित क्षेत्रका एसईई परीक्षार्थीका लागि विशेष प्याकेजसहित कक्षा सञ्चालन गर्न आग्रह गरे। देशभरका अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी संघीय सरकारले लिने गरी एकरूप नीति घोषणा गर्नुपर्ने पनि उनले बताए। बाढीबाट बगेका सडक तथा झोलुङ्गे पुलको स्थानमा तुइनको विकल्प खोज्नुभन्दा तत्काल बेलिब्रिज तथा सुरक्षित झोलुङ्गे पुल निर्माण गर्नुपर्ने र त्यसका लागि समयसीमा तोकिनुपर्ने सांसद मल्लको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७