टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो, त्रिभुवन विमानस्थलको उडान प्रभावित


२०८३ कार्तिक ५ बुधबार ०९:०० बजे

काठमाडौं :  टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा प्रभावित भएको छ । इस्तानबुलबाट आएको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार शिलवालका अनुसार चरा ठोक्किए पनि विमानमा कुनै क्षति भएको छैन । अवस्था सामान्य रहेको उनले बताए । 

घटनापछि केही समयका लागि विमानस्थलमा उडान तथा अवतरण रोकिएको थियो । केही मिनेटमै विमानस्थलको सेवा पुनः सञ्चालन हुने शिलवालले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७