एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै

ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने


२०८३ कार्तिक ५ बुधबार १७:१४ बजे

काठमाडौं :  पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन जाने भएकी छन्। सक्रिय राजनीतिमा फर्किएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार भण्डारी उक्त फोरममा विशिष्ट अतिथिका रूपमा सहभागी हुन चीन जान लागेकी हुन्।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सीपीआईएफएले गत शुक्रबार दिएको जानकारीअनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले फोरममा सहभागिता जनाउने निश्चित गरेका छन्।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोगलगायत विषयमा छलफल हुने कार्यक्रम छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७