११ सहसचिव र ४३ उपसचिवसहित न्याय सेवाका ५४ अधिकृतको सरुवा (सूचिसहित)
काठमाडौं : न्याय सेवा आयोगले नेपाल न्याय सेवाका ५४ जना अधिकृतको सरुवाका लागि सिफारिस गरेको छ।
आयोगको बुधबारको निर्णयअनुसार कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सोसरहका ११ जना र राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव वा सोसरहका ४३ जना अधिकृतलाई सरुवाका लागि सिफारिस गरिएको हो।
आयोगले सहसचिव र उपसचिवको सरुवा सिफारिससम्बन्धी विवरण छुट्टाछुट्टै सार्वजनिक गरेको छ। दुवै श्रेणीका गरी ५४ जना अधिकृतको सरुवा सिफारिस भएको हो।
सरुवा सिफारिसमा परेका अधिकृतहरूलाई विभिन्न निकाय तथा कार्यालयमा जिम्मेवारी तोक्न सिफारिस गरिएको आयोगले जनाएको छ।
हेर्नुहोस् सूची :
.gif)

.png)


