एक दिनअघि घर छाडे, भोलिपल्ट घर नै ढल्यो


२०८३ असोज १२ सोमबार १४:३७ बजे
तस्बिर: शंकर भुजेल/नेपाल फाेटाे सर्भिस (NPS)

काठमाडौं : सोमबार बिहान एकाएक हल्ला फैलियो धापाखेलमा एउटा घर ढल्यो। हल्ला आएको एकैछिनमा फोटो र भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट भए। 

तर घर ढल्दा त्यहाँ बस्ने तीन जना व्यक्ति भने सुरक्षित ठाउँमा थिए। उनीहरू एक दिनअघि नै घर छाडेर निस्किसकेका कारण घर ढलेपनि कुनै मानवीय क्षती नभउको ललतिपुर प्रहरीले जानकारी दिएको छ। 

ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोवितकुमार थापाको साढे दुईतले घर बिहान ६:३५ बजे ढलेको हो। 

लगातारको वर्षासँगै भिरालो जमिन गलेपछि थापाको घर जोखिममा परेको थियो। जोखिम देखिएपछि प्रहरीले आइतबार नै थापासहित तीन जनाको परिवारलाई घर खाली गर्न भनेको थियो। 

परिवारले समयमै घर छाड्यो। त्यसको भोलिपल्ट बिहानै उनीहरूले बस्दै आएको घर नै भत्कियो। जसका कारण घर ढल्दा मानवीय क्षति नभएको ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। 

घर ढलेपछि मुनि रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ। वर्षा अझै जारी रहेकाले आसपास थप जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७