प्रधान सेनापति ट्रफी–२०८३ सुरु

प्रतियोगितामा १४ टोली सहभागी


२०८३ असोज १२ सोमबार १६:४७ बजे
तस्बिरहरूः नेपाली सेना

काठमाडौं : नेपाली सेनाले ‘प्रधान सेनापति ट्रफी–२०८३’ खेलकुद प्रतियोगिता सुरु गरेको छ। लगनखेलस्थित खेल मैदानमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्।

नेपाली सेनाभित्रका प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले २०६५ सालदेखि नियमित प्रधान सेनापति ट्रफी आयोजना हुँदै आएको छ।

प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ विधा समावेश छन्। प्रतियोगितामा पृतना तथा बाहिनीका १४ टोली प्रतियोगितामा सहभागी छन्।

प्रतियोगिताअन्तर्गत सोमबार भएको ५ किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाकी प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा विजेता बने। विजेता खेलाडीलाई प्रधान सेनापति सिग्देलले पुरस्कार प्रदान गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७