गोरखा बक्सिङमा नेपाली बक्सरको दबदबा, मिलनले १३ सेकेन्डमै गरे नकआउट


२०८३ असोज ४ आइतबार १८:२० बजे

काठमाडौं : ठमेलस्थित क्लब नोभामा सम्पन्न दोस्रो गोरखा बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सरहरूले भारतीय प्रतिद्वन्द्वीमाथि प्रभावशाली प्रदर्शन गरेका छन्। गोरखा प्रमोसन्सको आयोजना तथा नेपाल प्रोफेसनल बक्सिङ कमिसनको समन्वयमा शनिबार आयोजित प्रतियोगितामा नेपाल र भारतका १४ बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा प्युठानका मिलन सार्कीको प्रदर्शन विशेष रह्यो। उनले भारतका साहिल चौहानलाई पहिलो राउन्ड सुरु भएको १३ सेकेन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकाले। जितसँगै मिलनले ५० हजार रुपैयाँ बोनससमेत प्राप्त गरे। त्यस्तै, रामेछापका बिबेक मगर र हेटौँडाका सोहन राईले आ–आफ्नो खेलमा सर्वसम्मत निर्णयका आधारमा जित हात पारे। अन्य खेलमा पनि नेपाली बक्सरहरूले सर्वसम्मत तथा बहुमत निर्णयका आधारमा सफलता हात पारे। प्रतियोगिता हेर्न दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता निर्देशक सुजित पुन मगरका अनुसार नेपाली बक्सरलाई अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै व्यावसायिक र्‍याङ्किङ निर्धारण गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको हो। दोस्रो संस्करणको विशेषता यसपटक पुरुषसँगै महिला बक्सरलाई समेत सहभागी गराइनु हो। आयोजकका अनुसार यसले नेपाली महिला बक्सरलाई व्यावसायिक बक्सिङमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७