४१४ नासुको एकैपटक सरुवा, गृहदेखि मालपोत कार्यालयसम्म जिम्मेवारी हेरफेर
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)को सरुवा तथा कामकाज व्यवस्थापन गरेको छ। मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार ४१४ जना कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो।
सरुवा सूचीमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाको संख्या उल्लेख्य छ। विभिन्न मन्त्रालय, विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभिन्न सरकारी निकायमा जिम्मेवारी तोकिएको छ।
मन्त्रालयको विवरणअनुसार केही कर्मचारीलाई गृह मन्त्रालय, केहीलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सूचना तथा सञ्चार मन्त्रालय र पूर्वाधार विकास मन्त्रालय लगायतका निकायमा सरुवा गरिएको छ। त्यस्तै, कतिपय कर्मचारीलाई सम्बन्धित मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ भने केहीलाई मन्त्रालय तथा विभागअन्तर्गतका कार्यालयमा कामकाजका लागि खटाइएको छ।
मन्त्रालयले एउटै मितिमा फरक–फरक निर्णय विवरणमार्फत कर्मचारीको व्यवस्थापन गरेको देखिन्छ। पछिल्लो विवरणमा समेत विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बालाई मन्त्रालय, विभाग तथा मातहतका निकायमा सरुवा तथा कामकाजमा खटाइएको उल्लेख छ। ठूलो संख्यामा भएको सरुवासँगै विभिन्न सरकारी कार्यालयमा कार्यरत नायब सुब्बाको कार्यस्थल र जिम्मेवारीमा व्यापक हेरफेर भएको छ।
हेर्नूहोस् को कहाँ पुगे ?
.gif)

.png)

