प्रधानन्यायाधीश नियुक्तिप्रति असन्तुष्ट वरिष्ठतम् न्यायाधीश मल्ल २० दिनपछि काममा फर्किइन्

वरीयता पन्छाएर चौथो नम्बरका शर्मालाई प्रधानन्यायाधीश बनाइएपछि बिदामा बसेकी मल्लले आजैदेखि मुद्दा हेर्ने


२०८३ जेठ २५ सोमबार १०:४३ बजे

काठमाडौँ : सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन लामो बिदापछि आज (सोमबार) देखि नियमित काममा फर्किएकी छन्। नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बिदामा बसेकी वरिष्ठतम न्यायाधीश मल्ल सोमबार अदालत फर्किएकी हुन्। सर्वोच्च अदालतका अनुसार उनले आजैदेखि मुद्दाको सुनुवाइ सुरु गर्नेछिन् भने उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाहरूको पेसी समेत तोकिएको छ।

शर्माले प्रधानन्यायाधीशका रूपमा पदभार ग्रहण गर्नुअघि मल्ल आफैँले कायममुकायम (कामु) प्रधानन्यायाधीशको हैसियतमा आफ्नो बिदा स्वीकृत गराएर सर्वोच्च नजाने निर्णय गरेकी थिइन्। सर्वोच्च अदालतको वरीयतामा पहिलो रोलक्रममा रहेकी मल्ल, दोस्रो नम्बरका न्यायाधीश कुमार रेग्मी र तेस्रो नम्बरका न्यायाधीश हरिप्रसाद फुयाललाई पन्छाएर संवैधानिक परिषद्ले चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायिक वृत्तमा तीव्र असन्तुष्टि चुलिएको थियो।

सोही असन्तुष्टिका कारण नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत गर्ने औपचारिक कार्यक्रममा समेत वरिष्ठतम न्यायाधीश मल्ल उपस्थित थिइनन्। उनको अनुपस्थितिपछि वरीयताको दोस्रो रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई सर्वोच्चमा स्वागत गरेका थिए। वरिष्ठतम न्यायाधीश मल्लको कार्यकममा फिर्तीसँगै सर्वोच्चको आन्तरिक कूटनीतिक सन्तुलन कसरी अगाडि बढ्छ भन्ने विषयलाई कानुनी क्षेत्रमा चासोका साथ हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७