यात्रुलाई हैरानी दिने १० बिचौलिया पक्राउ


२०८३ भदौ ३१ बुधबार १८:४५ बजे

काठमाडौं : उपत्यकाबाहिर जाने यात्रुलाई हैरानी दिने १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। बल्खु, स्यूचाटार र कलंकीमा काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सहचालकले यात्रुलाई सस्तो टिकटको प्रलोभन देखाउने र आफूले भनेकै सवारीसाधनमा यात्रा गर्न दबाब दिने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बुधबार दिउँसो प्रहरी प्रभाग बल्खु र कलंकीबाट खटिएको टोलीले चेकजाँचका क्रममा ३२ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये १० जना दोषी भेटिएपछि पक्राउ गरिएको र अन्यलाई छाडिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७