भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८५ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता


२०८३ भदौ २६ शुक्रबार ०६:५८ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३८५ जनाको शव फेला परेको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला र ५०९ वटा आंशिक शव छन्। तीमध्ये १०३ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ९०७ नेपाली पुरुष, ५७२ नेपाली महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तरता दिएका छन्। हालसम्म फेला परेका १ हजार १४८ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। 

बाढीपछि हालसम्म ९ हजार २८७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जना पहिचान नखुलेका छन्। उद्धार गरिएकामध्ये ३ हजार १७६ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए। बेपत्ता तथा मृतकको पहिचानका लागि प्रहरीले डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म १ हजार २८६ मृतक र १ हजार ७१२ आफन्त गरी २ हजार ९९८ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायतका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७