राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् उद्योगमन्त्री यादव


२०८३ भदौ २५ बिहीबार १४:३५ बजे

काठमाडौं : इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएलगत्तै मन्त्रालय छाडेकी छन्। राजीनामापछि यादव आँखाभरी आँशु पार्दै मन्त्रालयबाट बाहिरिएको मन्त्रालयमै रहेका पत्रकारहरूले बताएका छन्। 

मन्त्रालयबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीका प्रश्नको भने कुनै जवाफ दिइनन्। तत्कालीन श्रममन्त्री दिपक साह विवादमा परेर राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा मन्त्री हेरफेरमार्फत यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, साहको राजीनामापछि मन्त्री बनेकी यादवले पनि अन्ततः राजीनामा दिनुपरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७