प्रेम थापालाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कार रकममा थपेर बाढीपीडितलाई सहयोग


२०८३ भदौ २२ सोमबार १२:५६ बजे

पोखरा । पोखरा फोटोग्राफर संघद्वारा आयोजित पाँचौँ पोखरा फोटोग्राफी अवार्डअन्तर्गत ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’बाट पोखराका फोटोपत्रकार प्रेम थापा सम्मानित भएका छन्।

पोखरा फोटोग्राफर संघको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहका अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्ड प्राप्त गरेपछि थापाले पुरस्कारस्वरूप प्राप्त नगद रकम सामाजिक सेवामा समर्पण गरेका छन्। उनले पुरस्कारको रकममा आफ्नै तर्फबाट सोही बराबरको रकम थप गरी बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि प्रदान गरेका छन्।

विपद्मा परेका परिवारलाई सानो सहयोगले पनि केही राहत पुग्ने विश्वासका साथ आफूले पुरस्कारको रकम सहयोग गरेको थापाले बताएका छन्।

थापाले भने, “सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने प्रयास हो। अवार्ड मेरो मेहनतको सम्मान हो, तर यही सम्मानलाई कसैको पीडामा मल्हम लगाउने माध्यम बनाउन पाउँदा अझ खुसी लागेको छ।”

पुरस्कारस्वरूप प्राप्त रकममा आफ्नै तर्फबाट थप गरी विपद् प्रभावित परिवारलाई सहयोग गर्ने थापाको निर्णयले फोटोग्राफी तथा पत्रकारिता क्षेत्रबाट पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सकारात्मक सन्देश दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७