१३४४ शव भेटियो, ४८९८ जना सम्पर्कविहीन
अहिलेसम्म ८ हजार ६३१ जनाको उद्धार
काठमाडौं : भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४४ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ५ बजेसम्म विभिन्न स्थानबाट १ हजार ३४४ जनाको शव फेला परेको हो।
मृतकमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन्। यस्तै, ५०१ जनाको आंशिक शव मात्र फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ८९८ जना सम्पर्कविहीन छन्। बाढी प्रभावित विभिन्न क्षेत्रमा जारी उद्धार अभियानका क्रममा अहिलेसम्म ८ हजार ६३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
.gif)

.png)

