नेपाली सेनाः नागरिकको संकटको सारथि (१५ तस्बिरमा हेर्नूस्)


२०८३ भदौ १९ शुक्रबार १८:२५ बजे
तस्बिरहरूः नेपाली सेना

काठमाडौं : भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो मानवीय, भौतिक, आर्थिक तथा मानसिक क्षति पुर्‍याएको छ। बाढी तथा पहिरोमा परी हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको छ भने १३ हजार ९५ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ५३ जना अझै सम्पर्कविहीन छन्। बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्ला बढी प्रभावित भएका छन्। विभिन्न देशका ५८३ पर्यटकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ। विपद्पछि प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित राज्यका विभिन्न निकाय परिचालित छन्।

उद्धार तथा खोजी अभियानमा नेपाली सेनाले अग्रपंक्तिमा रहेर काम गरिरहेको छ। बाढीबाट प्रभावित बस्तीमा उद्धार गर्नुका साथै विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा फसेका व्यक्तिको खोजी र उद्धारमा समेत सेना परिचालित छ।

शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवित उद्धार गरेको थियो। सोही सुरुङबाट एक जनाको शवसमेत फेला पारिएको थियो। विपद्को जोखिमबीच नेपाली सेनाका उद्धारकर्मी निरन्तर खोज तथा उद्धार अभियानमा खटिएका छन्।

हेर्नुहोस् विपद्को समयमा नेपाली सेनाले निर्वाह गरेको भूमिका :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७