सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट

खोजीदेखि पुनर्निर्माणसम्म नेपाललाई साथ दिने राजदूतको प्रतिबद्धता


२०८३ भदौ १६ मंगलबार १८:४७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ।

भेटमा राजदूत मिङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका छन्। उनले नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न चीन तयार रहेको जानकारी दिँदै विपद्लगत्तैदेखि उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आवश्यकता रहँदासम्म सहयोग जारी राख्ने बताए।

भेटमा लामिछानेले विपद्को समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हुने भन्दै आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७