गृहमन्त्रीले गरे मनोहरा खोलाको बाढी अनुगमन


२०८३ असोज ९ शुक्रबार १६:३२ बजे

काठमाडौं : मनोहरा खोलामा बाढीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङ स्थलगत अनुगमनमा पुगेका छन्।

गृहमन्त्री गुरुङ केहीबेरअघि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला किनारमा पुगेका हुन्। 

उनको सचिवालयका अनुसार उनले बाढीको अवस्था र सम्भावित जोखिमबारे स्थलगत जानकारी लिएका हुन्।

निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७