एनभिडिया सिइओ जेन्सेन हुआङद्वारा नेपालका बाढीपीडितलाई १ अर्ब ५३ करोड सहयोग
सहयोगका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिए धन्यवाद दिए ।
काठमाडौं : नेपालका बाढीपीडितका लागि अमेरिकामा मुख्यालय रहेको विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडिया र कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेका छन् ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम नेपाल सरकारलाई सहयोगस्वरूप उपलब्ध गराइएको जनाइएको छ ।
यस सहयोगका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई धन्यवाद दिएका छन् । अर्थमन्त्री डा. वाग्लेले लेखेका छन्, ‘१ करोड डलरको सहयोग, हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु। १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।’
कृत्रिम बौद्धिकता, चित्र प्रशोधन प्रविधि तथा तीव्र गणनासम्बन्धी प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी कम्पनीका रूपमा रहेको एनभिडियाले नेपालमा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिपछि राहतका लागि उक्त सहयोग गरेको हो ।
उक्त सहयोग सम्भव बनाउन एनभिडियामा कार्यरत नेपाली अधिकारी अशोक पाण्डेको नेतृत्वमा आरती न्यौपानेसहित अन्य नेपाली कर्मचारीले महत्वपूर्ण पहल गरेको बताइएको छ । नेपालमा आएको विपद्बारे कम्पनीको नेतृत्वलाई जानकारी गराउँदै बाढीपीडितका लागि सहयोग गर्न गरिएको आग्रहपछि एनभिडियाले १० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।
सहयोगका लागि पहल गर्ने नेपाली कर्मचारीमा अशोक पाण्डे, आरती न्यौपानेसहित अन्य नेपाली सहकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । उनीहरूको निरन्तर पहल र समन्वयपछि कम्पनीले नेपालका बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको बताइएको छ ।
आरती न्यौपानेले यसअघि पनि विपद्का समयमा राहत तथा सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिइन् । नाइजेरियामा रहँदा गैरआवासीय नेपाली संघ नाइजेरियाको तर्फबाट भूकम्पका समयमा राहत संकलन तथा त्यसको समन्वयमा उनले भूमिका खेलेको स्मरण गर्दै यसपटक नेपालको बाढीपीडितका लागि ठूलो सहयोग जुटाउन गरेको प्रयासको प्रशंसा गरिएको छ ।
नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । विशेषगरी भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार संरचना, व्यापारिक केन्द्र तथा निजी आवासमा ठूलो क्षति पुगेको छ । बाढीका कारण सयौँ नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् । हजारौँ नागरिक विस्थापित भएका छन् ।
यस्तो अवस्थामा विदेशी संस्था तथा प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त ठूलो आर्थिक सहयोगले प्रभावित नागरिकको तत्कालीन राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
१० मिलियन अमेरिकी डलर बराबरको यो रकम करिब १ अर्ब ५३ करोड रुपैयाँ हुन्छ । नेपालको विपद्का लागि निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगमध्ये यो ठूलो सहयोगका रूपमा हेरिएको छ ।
.gif)

.png)

