भोटेकोशी बाढीपीडितका लागि जनउत्थान लघुवित्तले दियो ४ लाख
काठमाडौं : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरेको हो।
.jpeg)
संस्थाको केन्द्रीय कार्यालयबाट कोषका नाममा जारी गरिएको चेकमा ४ लाख रुपैयाँ उल्लेख गरिएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ। साथै, भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति संस्थाले सहानुभूति व्यक्त गर्दै विपद्को यस घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाएको छ।
.gif)

.png)

