भोटेकोशी बाढीमा ६६ कर्मचारी, शिक्षक र जनप्रतिनिधि बेपत्ता


२०८३ भदौ १६ मंगलबार १६:१० बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीका कारण रसुवासहित प्रभावित जिल्लामा कार्यरत विभिन्न निकायका कर्मचारी, शिक्षक तथा स्थानीय जनप्रतिनिधि गरी ६६ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये हालसम्म ३ जनाको शव फेला परी पहिचान भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार प्राप्त प्रारम्भिक विवरणमा अध्यागमन कार्यालयका ४ कर्मचारीमध्ये १ जनाको शव पहिचान भएको छ। त्यस्तै, भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएकामा भन्सार अधिकृत नकुल शर्माको शव फेला परी पहिचान भएको छ। 

आईसीपी क्वारेन्टाइनका ३ बेपत्तामध्ये १ जनाको सनाखत भएको छ भने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका ३ कर्मचारी अझै सम्पर्कविहीन छन्। रसुवाको उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकाका १९ कर्मचारी, प्रभावित क्षेत्रका १४ शिक्षक र ८ स्थानीय जनप्रतिनिधि समेत बेपत्ता रहेको प्रारम्भिक विवरण प्राप्त भएको ढकालले बताए।

उनका अनुसार शिक्षक तथा जनप्रतिनिधिको विवरणको आधिकारिक पुष्टि हुन बाँकी छ। खोज तथा उद्धार जारी रहेकाले बेपत्ता र पहिचान भएका व्यक्तिको संख्या फेरबदल हुन सक्ने भन्दै थप आधिकारिक विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७