यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


२०८३ भदौ १७ बुधबार ०९:१२ बजे
फाइल फोटो

काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ८० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, टनेल ४५ रुपैयाँ र भारतीय ३५ रुपैयाँमा कारोबार हुने भएको छ।

यस्तै, आलु रातो लाम्चो प्रतिकिलो ५१ रुपैयाँ, गोलो र मुढे ५३ रुपैयाँ तथा भारतीय ४० रुपैयाँ तोकिएको छ। आलु सेतोको मूल्य प्रतिकिलो ४० रुपैयाँ र भारतीय सुकेको प्याजको ९८ रुपैयाँ कायम गरिएको छ। तरकारीतर्फ गाजर लोकल प्रतिकिलो १०० रुपैयाँ, तराई ८० रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ तथा लाम्चो र डल्लो भन्टा क्रमशः २५ र ४० रुपैयाँ तोकिएको छ।

बोडी तने प्रतिकिलो ६० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी तथा टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १४० रुपैयाँ, तीते करेला र लौका ५०–५० रुपैयाँ तथा परवर लोकल ७० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चिचिण्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौँला २० रुपैयाँ, झिगुनी ६० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र स्कुस ३० रुपैयाँ तोकिएको छ।

सागपाततर्फ पालुङ्गो प्रतिकिलो १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ, रायोसाग ६० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ। च्याउमा कन्य २४० रुपैयाँ, डल्ले ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, सजीवन २५० रुपैयाँ, जिरीको साग ५०० रुपैयाँ, सेलरी ५०० रुपैयाँ, पार्सले १ हजार ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ फुजी प्रतिकिलो ४०० रुपैयाँ, नेपाली केरा दर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती ४०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा ६० रुपैयाँ कायम गरिएको छ। जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, लोकल नास्पाती १०० रुपैयाँ, चाइनिज नास्पाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ तोकिएको छ।

यस्तै, लप्सी प्रतिकिलो ६० रुपैयाँ, किबी ४०० रुपैयाँ, एभोकाडो २५० रुपैयाँ, अमला २०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ, हरियो नरिवल १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ कायम गरिएको छ। मसला तथा अन्य उपजमा अदुवा प्रतिकिलो २५० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ तोकिएको छ।

समितिका अनुसार सुकेको माछाको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ तथा ताजा रहु माछाको मूल्य ३७० रुपैयाँ कायम गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७