‘लास घरघरमा पठाइदिऊँ’ भन्दै रास्वपा नेतृको विवादास्पद अभिव्यक्ति
रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सदस्य प्रभा ज्ञवालीले सामाजिक सञ्जालमा लेखेको एक विवादास्पद अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको छ । देश विपद्को चपेटामा रहेका बेला सरकारको बचाउ गर्ने क्रममा लेखिएको भनिएको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका हुन् ।
विपद्मा ज्यान गुमाएका नागरिक तथा शोकमा रहेका परिवारप्रति संवेदनशील हुनुपर्ने समयमा ज्ञवालीको अभिव्यक्ति अमर्यादित र आपत्तिजनक भएको भन्दै आलोचना भएको छ । ज्ञवालीले फेसबुकमा लेखेकी थिइन्, ‘सरकार लास नगाडम भो ! सबै नेपालीको घरमा १–१ वटा पठाइदिनु फृजमा राख्छ्म् । अझ गाडिस् भनेर बुरुक बुरुक उफ्रिनेकोमा २ वटा पठाइदिम् ।’
उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । आलोचना बढ्दै गएपछि ज्ञवालीले आफ्नो फेसबुकबाट उक्त स्टाटस हटाएकी छन् । ज्ञवाली नवलपरासीको परासी क्षेत्रमा बसोबास गर्दै आएकी छन् । पछिल्लो समय विपद्का घटनालाई लिएर राजनीतिक दल तथा नेताहरूका अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा व्यापक बहस भइरहेका बेला उनको उक्त अभिव्यक्ति पनि विवादमा परेको हो ।
.gif)

.png)

