भोटेकोशी बाढीः ७८८ शव फेला, २५०२ अझै बेपत्ता

२७४२ जनाको उद्धार


२०८३ भदौ १५ सोमबार ०६:५३ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएकामध्ये आइतबार बेलुकीसम्म २ हजार ७४२ जनाको उद्धार गरिएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन्। प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रसुवाबाट ७१९, नुवाकोटबाट २ हजार २० र धादिङबाट तीन जना रहेका छन्। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बाढीमा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको र काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १६० जना रहेको जानकारी दिए।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीसहित विभिन्न सरकारी कार्यालय तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू पनि सम्पर्कविहीन भएका छन्। प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन्।

यस्तै, रसुवाबाट ६२२, नुवाकोटबाट ११५ र जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। मकवानपुरबाट ६५, विदेशी नागरिक ५९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा क्वारेन्टाइन कार्यालयका तीन जना पनि सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी तथा उद्धार टोली सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन भएका छन्।

बाढीबाट हालसम्म ७८८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २६४, पूर्वी नवलपरासीमा १९४ र पश्चिम नवलपरासीमा १२० जनाको शव फेला परेको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७