चिलिमेमा कार्यरत सुदूरपश्चिमका ९ जनाको उद्धार
काठमाडौं । रसुवास्थित चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ९ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार उद्धार हुनेमा स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामी रहेका छन्।
उनीहरू रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा पुगेपछि सशस्त्र प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका सबैजना हाल सम्पर्कमा आएका छन्।
.gif)

.png)

