रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो
चितवनमा मात्रै २४८ शव फेला
काठमाडौं : रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले शनिबार दिउँसो ४ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका ६६९ जनाको शव विभिन्न जिल्लाबाट फेला परेको जनाएको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २४८ शव फेला परेका छन्। त्यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। यस्तै, बाढीपछि २७ जना प्रहरी अझै हराइरहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। प्रहरीका अनुसार प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ।
.gif)

.png)

