अमेरिकाले थप ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने


२०८३ भदौ १४ आइतबार ०७:०५ बजे

काठमाडौं : नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि अमेरिकाले थप ३६ लाख अमेरिकी डलरभन्दा बढी मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमार्फत उक्त सहायता घोषणा गरेको हो।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार बाढीबाट प्रभावित नेपाली जनतालाई तत्काल राहत तथा जीवनरक्षक सहयोग उपलब्ध गराउने उद्देश्यले थप मानवीय सहायता प्रदान गर्न लागिएको हो। प्रस्तावित सहयोगअन्तर्गत तीन महिनासम्म १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने जनाइएको छ। यसबाट विपद्का कारण खाद्य संकटमा परेका प्रभावित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यसअघि पनि अमेरिकाले नेपालमा बाढीपछि ५ लाख अमेरिकी डलरको आपत्कालीन मानवीय सहायता घोषणा गरेको थियो। उक्त रकम आपत्कालीन आश्रय, आधारभूत राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगमा परिचालन गरिने बताइएको थियो।

पछिल्लो थप सहयोगसँगै अमेरिकाले बाढी प्रभावित नेपालका लागि राहत प्रयासमा आफ्नो सहयोग विस्तार गरेको छ। पछिल्लो विपद्मा ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७